
मलाई मनपर्ने शेरे जोक्स।
बाँठो शेरे
शेरेले भारतबाट साइकलमा बोरामा केही ल्याईरहेको थियो। बोर्डरमा पुलिसले सोधपुछ गरेछ।
पुलिस: के छ यसमा?
शेरे: बालुवा।
पुलिसलाई विश्वास नलागेर बोरा खनाएर हेर्यो तर बालुवाबाहेक केही पाएन। यस्तै तरिकाले दुई वर्षसम्म प्रत्येक दिन शेेरेले साइकलमा बालुवा लिएर आउथ्यो। अनि पुलिसले बालुवा खनाएर हेर्थ्यो तर केही भेट्थेन।
एकदिन पुलिस घुम्दै जाँदा शेरेलाई भेटेछ र सोधेछ।
पुलिस: तैँले एउटा कुरा भन् त। म केही पनि गर्दिन। तैँले पक्कै पनि केही न केही त तस्करी गर्थिस्। तर मैले थाहा पाउन सकिनँ। साँच्चै भन् त के तस्करी गर्थिस्?
शेरे: (मुसुक्क हाँस्दै) चोरीको साइकल।
इतिश्री।
खानदानी विद्यार्थी शेरेको कुराले शिक्षक ट्वाँ
शेरे निकै चकचके विद्यार्थी थियो । कक्षाकोठामा सँधै कुनै न कुनै चकचक गरेर शिक्षकलाई हैरान खेलाउँथ्यो । एकदिन शिक्षकले उसलाई प्रश्न सोधे।
शिक्षकः शेरे भन त ४ मा ४ जोड्दा कति हुन्छ ?
शेरे : ४ मा ४ जोड्दा १० हुन्छ, सर।
शिक्षकः नालायक त्यति पनि थाहा छैन, ८ मात्र हुन्छ।
शेरे : म खानदानी घरको मान्छे हुँ सर, त्यसैले दुई आफैंले थपिदिएँ।
शिक्षक–ट्वाँ
इतिश्री।