Sujan Kumal
Bird with rocket. Site Logo.

Sujan Kumal

Do your duty, but do not concern yourself with the results.

Image for कुकुरले किन लखेट्छ!

Photo by Dan on Unsplash

कुकुरले किन लखेट्छ!

Fri Oct 20 2023 19:35:10 GMT+0000 (Coordinated Universal Time)
Admin

केहि रहस्यमय प्रश्नहरु।।

  • कुकुरले सवारी साधनलाइ किन लखेट्छ ?
  • बाख्रो सवारी साधनको आवाज सुन्ने बित्तिकै किन तर्सिन्छ ?
  • हाँस सवारी साधन नजिकै आँउदा पनि किन आफ्नै शुरमा बेपर्वाह हिँडिरहेको हुन्छ ?

आउनुस् जानौँ यो सानो रमाईलो कथा मार्फत।

एक पटक एउटा बस हरिचोकबाट मिँयापाटन जाँदै थियो। त्यही बसमा कुकुर, हाँस र बाख्रो सवार रैछन्। खँलासीले भाडा उठाउँदै आयो। पहिले बाख्रो संग भाडा माग्यो। बाख्रोले "अन्तिम इस्टेसनाँ पुनी हो। झर्नीबेलाँ दिन्चु का, यस्तो भीडाँ क्यारी निकाल्नीओर? " भन्यो, दिएन।

खँलासी पछि गयो र हाँससंग भाडा माग्यो।

हाँसले "जिराँ झर्नीहो, त्याइँ झार्देउ कर" भनेर ५० को नोट दियो। खँलासीले २५ फिर्ता गर्दियो। तर हाँसले ५ खँलासी लाई "इत्ति टिप लेउ कर" भनेर दियो अनि २० गोजीमा हाल्यो।

खँलासी पछि गयो र कुकुर संग भाडा माग्यो। कुकुरले १००० को नोट दियो।

खँलासीले "काँ पुग्नी हो?" भनेर सोध्यो। कुकुरले "पिर्थिवी चोकाँ झार्देउ बाबू" भन्यो। खँलासीले "एक्कैछिनमा दिन्छु है , अहिले चेन्ज पुगेन" भन्यो र अझै पछि गएर भाडा उठाउन थाल्यो।

हाँस जिरो किमी मा झर्यो। बस अघि बढ्यो। सिर्जनाचोक पुग्यो। त्यहाँ अगाडि भ्यानले स्कुटरको चाकमा छुस्स छोएछ थोरै जामजस्तो भयो। खँलासी के भएछ भनेर हेर्न झर्यो। त्यहि बेलामा बाख्रो फुत्त झरेर टाप कस्यो।

एकछिनमा खँलासी आयो। बस अघि बढ्यो। पृथ्वीचोक आइपुग्यो। गुरुजीले चोक कट्नी बित्तिकै यात्रु ओराल्न थाले । कुकुर पनि त्यहि झर्यो अनि मेरो फिर्ता पैसा भन्यो । तेहि बेलामा गुरुजीले ट्राफिक आफू तिर आउँदै गरेको देखेपछी बस टाप कुदाए। “ए रोक रोक” भनेर अल्ली पर त पुग्यो तर भेट्न सकेन। बस हुँइकिहाल्यो।

त्यसपछी

  • कुकुर ले जुनसुकै गाडी आए पनि मेरो पैसा फिर्ता दे भनेर पछि पछि कुद्न थाल्यो।
  • हाँसले मैले त टिप्स समेत देको छु। मलाइ केहि गर्दैन भनेर चक्कै मुनि पुग्नलागे पनि ढुक्क संग हिँड्न थाल्यो।
  • अनि बाख्रोले चाहिँ खँलासीले देख्यो भने भाडा माग्छ भनेर गाडीको आवाज सुन्यो कि भाग्न थाल्यो।

इतिश्री।

click to see the source